सप्तरीमा ७० वर्षीय वृद्धको हत्या गरेको आरोपमा पाँचजना पक्राउ

सप्तरीमा ७० वर्षीय वृद्धको हत्या गरेको आरोपमा पाँचजना पक्राउ परेका छन् ।

जिल्लाको खडक नगरपालिका-९ का ७० वर्षीय दाउद मियाँको हत्या गरेको आरोपमा सप्तरी प्रहरीले पाँचजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा खडक नगरपालिका ९ का ३२ वर्षीय नजबुल मियाँ, ६० वर्षीय रफुवा मियाँ, ४२ वर्षीइ इजराइल मियाँ, ५५ वर्षीय कालिस मियाँ र उनको छोरा ३२ वर्षीय जाकिर मियाँ रहेका छन् ।

गत शुक्रबार विदेश पठाउँछु भनी ठगी गरेको विषयलाई लिइ विवाद हुँदा दाउदको हत्या भएको थियो । दाउदको हत्यापछि आरोपित पाँचैजना फरार रहेका थिए । प्रहरीले विशेष सूचनाको आधारमा आरोपीहरूलाई पक्रिएको जनाएको छ । 





  • प्रकाशित मिति : साउन ५, २०७८ मंगलबार ७:२०:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया