नेपाललाई भेटेर बालुवाटार प्रधानमन्त्री भेट्न जाँदै छन् प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेट हुँदैछ । 

मंगलबार विहान कोटेश्वरमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेपछि प्रचण्ड बालुवाटार जान लागेका हुन् । माधव नेपालसँगको झन्डै एक घन्टा लामो भेटघाटमा पछिल्लो राजनीतिक अवस्था र सरकारको विषयमा छलफल भएको स्रोतले जानकारी दिएको छ ।

नेपालसँगको कुराकानीपछि प्रचण्ड सरकारबारे छलफल गर्न बालुवाटार जान लागेका हुन् ।

आजै प्रधानमन्त्री देउवासँग प्रचण्डले सरकार विस्तारबारे पनि छलफल गर्ने तयारी रहेको छ । देउवाले यही साता आफ्नो मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् ।





  • प्रकाशित मिति : साउन ५, २०७८ मंगलबार १०:१९:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया