[भिडिओ] अर्को पार्टीको नेताले नेतृत्व गरेको सरकारमा हामी जाँदैनौँः रामकुमारी झाँक्री

नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले बोलाएको सांसदहरुको बैठकपछि सन्चारकर्मीसँग प्रतिक्रिया दिँदै रामकुमारी झाँक्रीले आफूहरु सरकारमा नजाने स्पष्ट पारेकी छिन् ।

उनले आफूहरु यतिबेला संसदीय दलको सदस्य भएको हिसाबले र आफ्नो दल प्रतिपक्षमा रहेकाले सरकारमा जाने विषय सोच्न नसकिने र यो विषयमा कुनै छलफल नभएको उनले बताएकी छिन् ।

‘यो विषयमा खासै छलफल भएन,’ उनले बैठकबारे भनिन्, ‘हामीले अब संसदको पूर्ण कार्यकाल कसरी बनाउन सकिन्छ भन्ने विषयमा छलफल गरेका छौँ ।’

उनले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले सोधेको स्पष्टिकरणबारे अफिसियल चिठी नपाएको पनि बताएकी छिन् । ‘सर्वोच्चको व्याख्याका कारण पनि चिठी नपठाउनु भएको होला,’ उनले भनेकी छिन्, ‘स्पष्टिकरण दिन पनि सक्छौँ तर राजनीतिक रुपमा कन्डेम गर्छौँ ।’





  • प्रकाशित मिति : साउन ५, २०७८ मंगलबार २१:३१:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया