माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, मन्त्रीको टुंगो लगाउने

सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज बस्दै छ । दिउँसो २ बजेका लागि पार्टीले स्थायी कमिटी बैठक बोलाएको छ । 

यो बैठक सरकारमा कसकसलाई मन्त्रीका रुपमा पठाउने भन्नेबारे छलफल गर्न बस्न लागेको हो ।

यसअघि सरकारमा मन्त्रीहरु जाने विषयमा निर्णय लिन स्थायी कमिटी बैठकले नै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिम्मेवारी दिएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिपरिषद्मा अहिले अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जामन्त्रीमा पम्फा भुसालसहित नेकपा माओवादी केन्द्रका दुई मन्त्री रहेका छन् ।

यो सरकारमा आफूले कम्तिमा पनि ६ मन्त्रालय पाउनु पर्ने दाबी माओवादी केन्द्रले गर्दै आएको छ ।

मंगलबार सरकारका आगामि काम र मन्त्रालय बाँडफाँडबारे प्रधानमन्त्री देउवा र प्रचण्डबीच लामो छलफल भएको थियो । त्यसपछि नै माओवादी केन्द्रले यो बैठक बोलाएको हो ।





  • प्रकाशित मिति : साउन ६, २०७८ बुधबार ९:१:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया