योगेश भट्टराईको अग्रसरतामा भरतमणि पौडेललाई ६ लाख रुपैयाँ पुरस्कार

कमेडी च्याम्पियन दोस्रो सिजनका प्रतिस्पर्धी भरतमणि पौडेललाई ६ लाख रूपैयाँ पुरस्कार दिने घोषणा गरिएको छ । ताप्लेजुङबाट कमेडी च्याम्पियनमा सहभागी भएका पौडेललाई ताप्लेजुङका सांसद एवं पूर्वमन्त्री योगेश भट्टराईको अग्रसरतामा उक्त पुरस्कार घोषणा गरिएको हो ।

पौडेललाई सांसद भट्टराईले व्यक्तिगत रुपमा १ लाख रुपैयाँ पुरस्कार दिने भएका छन् । यसैगरी, ताप्लेजुङ सरोकार समाजले दुई लाख रुपैयाँ, ताप्लेजुङ सरोकार केन्द्रले दुई लाख र रेडियो तमोरको तर्फबाट एक लाख रुपैयाँ गरी जम्मा ६ लाख पुरस्कार दिने घोषणा गरिएको हो ।

पौडेलले कमेडी च्याम्पियनको उत्कृष्ट ६ सम्मको यात्रा तय गरिसकेका छन् । घोषणा गरिएको पुरस्कार उनको कमेडी च्याम्पियनको यात्रा टुङ्गिएपछि प्रदान गरिने छ । 

ताप्लेजुङका कलाकारलाई सम्मान गर्नका लागि विभिन्न कार्यक्रम, पुरस्कार र अक्षय कोष स्थापना गर्दै आएका भट्टराईले उदाउँदो कलाकारलाई प्रोत्साहनका लागि पुरस्कार घोषणा गरिएको बताए ।





  • प्रकाशित मिति : साउन ६, २०७८ बुधबार ११:२१:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया