मानाजको ह्याट्रिकमा बार्सिलोनाको सहज जित

बार्सिलोना र जिम्नास्टिकबीच भएको मैत्रीपूर्ण खेलमा बार्सिलोनाले ४-० सहज जित हात पारको छ । 

नयाँ खेलाडीलाई प्राथमिकतामा राखेर खेलाइएको प्रि सिजन अन्तर्गतको उक्त खेलमा रे मानाजको ह्याट्रिकले बार्सिलोनालाई सहज जित दिलाएको हो । बार्साका लागि अर्को एक गोल भने एलेक्स कोलोडाले गरेका हुन् ।

खेल पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको थियो । पहिलो हाफ गोलरहित भएको खेल दोस्रो हाफमा भने बार्साले आफ्नो पक्षमा पारेको हो । 

खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका मानाज चम्किदा बार्सिलोनाले सहज जित निकालेको हो । ६० औँ मिनेटमा मानाजले पहिलो गोल गर्दै खेललाई अग्रता दिलाएका थिए । 

बार्सिलोनाका लागि कोलोडाले ८५ औँ मिनेटमा दोस्रो गोल गरेका थिए । त्यस्तै मानाजले ८६ र ९० औँ मिनेटमा लागातार २ गोल गर्दै बार्सिलोनालाई सहज जित दिलाएका हुन् ।





  • प्रकाशित मिति : साउन ७, २०७८ बिहीबार १३:२०:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया