एमाले एकता : माधव समूहलाई ओलीले भने, ‘सबैलाई एम्नेस्टी इज ग्रान्टेड’ !

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै वादविवादलाई भुलेर पार्टी एकताको पक्षमा उभिनका लागि वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई आह्वान गरेका छन् । 

नेकपाका संस्थापक महासचिव पुष्पलालको ४३ औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अ‍ोलीले पार्टी घातमा गरेका सबै काम आफूले माफ गरिदिने भन्दै नेपाल समूहलाई एकताका लागि आह्वान गरेका हुन् । 

ओलीले अहिले आफूहरु को कहाँ छौँ भन्ने कुरा भुलेर देश जनताको कुरा गरौँ भन्दै एमालेको असन्तुष्ट समूहलाई आह्वान गरेका हुन् । ओलीले आह्वान गरे, ‘अब विवाद छोडौँ, पार्टी एकताको कुरा गरौँ ।’

ओलीले पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा पार्टीको निर्णयविपरीत प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिएर बाटो बिराएका सांसदहरुलाई उनीहरुको गल्तीका लागि आममाफीको घोषणा पनि गरेका छन् । उनले सबैलाई आममाफी दिएको बताए । 

यसअघि एमाले र माओवादी केन्द्रको एकताबाट बनेको नेकपाको समयमा आफूलाई पार्टीको साधारण सदस्यबाट समेत हटाएको स्मरण गर्दै ओलीले अब त्यो बाटोमा जान नहुने बताए । उनले भने, ‘अब त्यो बाटोमा नजाऊँ, हामी सबै एकसाथ अघि बढौँ ।’

पुष्पलालको स्मृतिमा उनैलाई सम्झिएर आफूले सबैलाई माफी दिने ओलीले घोषणा गरे । ओलीले भने, ‘सबैलाई एम्नेस्टी इज ग्रान्टेड । जे सुकै भएको होस्, एम्नेष्टी । आउनुस् मिलेर काम गरौँ ।’





  • प्रकाशित मिति : साउन ७, २०७८ बिहीबार १६:३१:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया