‘वर्तमान सरकारले किसान र मजदुरको हितमा काम गर्नुपर्दछ’- रामनारायण बिडारी

राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले वर्तमान सरकारले किसान र मजदुरको हितमा काम गर्नुपर्ने बताएका छन् ।

बिहीवारको राष्ट्रिय सभा बैठकमा बोल्दै बिडारीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले किसान र मजदुरहरुको हित र कल्याणमा काम गर्नुपर्ने बताएका हुन् ।

विगतका सरकारले किसान तथा मजदुरलाई नेपालमा काम गर्न दिने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।

उनले इन्साफ हुने र देशमा विकास हुने व्यवस्थाको निम्ति काम गर्न पनि अनुरोध गरे । ‘इन्साफे व्यवस्थाको निम्ति, विकासे व्यवस्थाको निम्ति, फलाउने किसान, बनाउने मजदुरहरुको हित र कल्याणको निम्ति, किसान र मजदुरको हित र कल्याण भयो भने करिव-करिव ९० प्रतिशत जनताको हित हुन्छ’, उनले भने,‘ती किसान, मजदुरलाई नेपालमा काम गर्न दिन नसकेर विदेश निर्यात गर्ने यस प्रकारको चलन अगाडिको सरकारले गरे ।

विगतको सरकारले नेपाली नागरिकलाई नागरिकता, लालपुर्जा र सिफारिसमा अड्काएको सम्बन्धमा उनले भने, ‘विगतका जम्मै सरकारले रैती बनाउन खोज्यो । जनता बनाउन दिएन । कहिले लालपुर्जा अड्काइदिन्छ । कहिले नागरिकता अड्काइदिन्छ । कहिले सिफारिस अड्काइदिन्छ । कहिले सुविधा दिन्छु भनेर नदिएर अड्काइदिन्छ । कहिले अधिकार खोसेर जनतालाई आफ्नो वशमा राखिरहन्छ । नियन्त्रणमा राखिराख्छ ।’

आजसम्मका सरकारले भूमिहीनलाई नागरिकता नदिएर सुकुम्बासी खेती गरिरहेको पनि उनले आरोप लगाए । भूमिसम्बन्धी समस्या समाधानमा सरकारले ध्यान दिनुपर्नेमा उनको जोड छ ।



प्रतिनिधि सभा पुनर्स्थापनाको सन्दर्भमा सर्वोच्च अदालतको फैसला संसारको लागि नमुना लायक भएको भन्दै यस नजिरलाई विश्वले नमूना बनाउने उनले जिकिर गरे । 

 




 

  • प्रकाशित मिति : साउन ७, २०७८ बिहीबार १७:५९:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया