चरिकोटमा खुल्यो तारे होटल 'एम्ब्रोसिया'

चरिकोटमा दुई तारे होटल सञ्चालनमा आएको छ । व्यवसायी दिनेश बस्नेतको लगानीमा दोलखामा पहिलो पटक तारे होटल सञ्चालमा आएको हो ।

नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले शनिबार तारे होटल एम्ब्रोसिया उद्घाटन गरेका हुन् । चरिकोटस्थित अदिति कम्प्लेक्समा बस्नेतले तारे होटलमा उपलव्ध हुने सुविधासहित होटेल सञ्चालनमा ल्याएका हुन् । 

होटलमा ३५ वटा कोठाहरु छन् । होटल सञ्चालक बस्नेतले एक सय जना बस्न सकिने जानकारी दिए । उनका अनुसार होटलमा पाँच सय जना क्षमताको सुविधा सम्पन्न बैंक्वेट र एक सय क्षमताको मिटिङ हल तथा रुफटप रेष्टुराँ रहेको छ ।

होटलमा भवन बाहेक १० करोडभन्दा बढी लगानी भएको संचालक बस्नेतले बताए । होटलमा रुफटप रेष्टुराँँ, बैंक्वेट र सोना स्टिमको समेत सुविधा उपलव्ध हुनेछ । 

होटलको बेड र कोठा पाँचतारे स्ट्यान्डर्डकै बनाइएको छ । बेड संख्या कम भएकाले दुई तारे होटलको रुपमा संचालनमा ल्याइएको बस्नेतले बताए । 



व्यावसायिक प्रायोजनका लागि बस्नेतकै लगानीमा निर्माण भएको सातदोबाटोस्थित अदिति कम्प्लेक्समा होटल सञ्चालनमा आएको हो । २०७७ को असोजमै सञ्चालनमा ल्याउने भनिएको होटल कोरोना महामारीका कारण शनिबार उद्घाटन गरिएको छ ।
 
दोलखाका सफल व्यवसायी मानिने बस्नेत गोर्खा ब्रुअरी, सूर्य नेपालको आधिकारिक बिक्रेता र कालिञ्चोक ड्रिङकिङ वाटर उद्योगका पनि संचालक हुन् । बस्नेतकै नेतृत्वमा जिल्लामै पहिलो सुपरमार्केट ‘सुपर नाइन मार्ट’ र सफल इन्टरप्राइजेज सञ्चालनमा छन् ।



  • प्रकाशित मिति : साउन ९, २०७८ शनिबार १२:५३:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया