काेराेना भाइरसबाट कुन देशमा कतिकाे मृत्यु ?

कोरोना भाइरसको सन्त्रास विश्वभर फैलिएको छ । सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट फैलिएको भाइरसले रोकिने नाम लिएको छैन । भाइरसका विभिन्न भेरियन्ट देखा परेका छन् ।

जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार विश्वभर कोरोना भाइरसबाट ४१ लाख ५१ हजार ३११ जनाले ज्यान गुमाइसकेका छन् भने १९ करोड ३६ लाख ३३ हजार २४६ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित मुलुक हो अमेरिका । अमेरिकामा हालसम्म ६ लाख १० हजार ८३३ जनाले ज्यान गुमाइसकेका छन् ।

अमेरिकापछि दोस्रो स्थानमा ब्राजिल रहेको छ । ब्राजिलमा हालसम्म ५ लाख ४९ हजार ४४८ जनाले ज्यान गुमाइसकेका छन् ।

छिमेकी मुलुक भारतमा पनि भाइरसबाट ज्यान गुमाउनेको संख्या अत्याधिक रहेको छ । भारतमा हालसम्म ४ लाख २० हजार १६ जनाले ज्यान गुमाइसकेका छन् । 

यसैगरी मेक्सिकोमा २ लाख ३७ हजार ९५४, पेरुमा १ लाख ९५ हजार २४३, रुसमा १ लाख ५० हजार ५८३, बेलायतमा १ लाख २९ हजार ४१६, इटालीमा १ लाख २७ हजार ९४२ र कोलम्बियामा १ लाख १८ हजार ५३८ जनाले ज्यान गुमाइसकेका छन् ।
 



 

 



 

 

 

 

 

  • प्रकाशित मिति : साउन १०, २०७८ आइतबार १०:१:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया