जापानमा जारी टोकियो ओलम्पिक अन्तर्गत महिला एकल टेनिसमा विश्व नम्बर १ अस्ट्रेलियन स्टार एस्ले बार्टी पहिलो खेलमै पराजित भएकी छन् ।
बार्टीे आइतबार बिहान एरिअके टेनिस कोर्टमा स्पेनिस खेलाडी सारा सोरिबेससँग २-० को सोझो सेटमा पराजित भएकी हुन् ।
साराले पहिलो सेट ६-४ र दोस्रो सेट ६-३ ले आफ्नो पक्षमा पारिन् ।
आइतबार नै भएको अर्को खेलमा जापनिज टेनिस स्टार नाओमी ओसाकाले चाइनिज खेलाडी साइसाई झाङ्गलाई २-० सोझो सेटमा पराजित गरिन् ।
ओसाकाले पहिलो सेटमा ६-१ र दोस्रो सेटमा ६-४ को जित हात पारिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।