महन्थ ठाकुरले दिएको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चले गर्यो अस्वीकार

सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले दिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

सर्वोच्चलेयस विषयमा दुवै पक्षलाई साउन १५ गते छलफलका लागि बोलाएको छ ।  न्यायाधीश कुमार रेग्मीको इजलासले निर्वाचन आयोगको निर्णयको सक्कल प्रति पनि मगाएको छ ।

जनता समाजवादी पार्टीको आधिकारिकतासम्बन्धी विवादमा निर्वाचन आयोगले साउन ११ गते सबै कार्यकारिणी समिति सदस्यलाई उपस्थित हुन आदेश दिएको छ । उक्त निर्णयविरुद्ध महन्थ ठाकुर सर्वोच्च अदालत गएका थिए । 





  • प्रकाशित मिति : साउन १०, २०७८ आइतबार १७:३४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया