मिस्टर नेपाल २०१८ लाई सुजुकी इन्ट्रुडर

काठमाडौं– सन् २००१ बाट नेपालमा गर्दै आइएको प्रतियोगिता मिस्टर नेपाल २०१८ असोज १३ गते सम्पन्न भएको छ । १८ सहभागि रहेको प्रतियोगितामा यसपटक चितवनका विकल्प श्रेष्ठले मिस्टर नेपाल वल्र्ड २०१८ को टाइटल चुमेका छन् ।

सुजुकी इन्ट्रुडर बाइक यो कार्यक्रमको टाइटल स्पोन्सर थियो र उसले मिस्टर नेपाल वल्र्ड विकल्पलाई इन्ट्रुडर बाइक उपलब्ध गराएको छ । 

प्रतियोगितामा मिस्टर नेपाल युनिभर्सल सुसन महर्जन, मिस्टर नेपाल म्यान अफ द इयर सन्दीप केसी, मिस्टर नेपाल मेन इन्टरेनसनल प्रदीप न्यौपाने, मिस्टर नेपाल मेन अल्टिच्युड चन्दन चौधरी, एक्सपोजर नेपाल टुरिजम एम्बेसेडर सागर परिवार, एक्सपोजर नेपाल युथ एम्बेसेडर सबिन बराल, एक्सपोजर नेपाल स्पोर्टस् एम्बेसेडर दिपेश श्रेष्ठ घोषणा भए ।

कार्यक्रममा मिस्टर नेपाल आयोजक संस्थाकी सिइओ अर्चना बस्नेतले यस्ता कार्यक्रमले समाजमा रहेका प्रतिभालाई बाहिर ल्याउन सहयोग गर्ने बताइन् । त्यस्तै, भिजी अटोमोबाइल्सका मार्केटिङ म्यानेजर नवराज कोइरालाले मिस्टर नेपाल विकल्पलाई इन्ट्रुडर हस्तान्तरण गर्दै यस्ता कार्यक्रमले नेपालको पहिचानलाई विश्वसम्म पुर्याउने बताए । विकल्पले मिस्टर वल्र्ड प्रतियोगितामा सहभागि हुन पाउनेछन् ।





  • प्रकाशित मिति : असोज १५, २०७५ साेमबार २१:५१:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया