कहाँ पुग्यो राज कुन्द्रामाथिको छानबिन ?

पोर्नोग्राफिक फिल्म बनाएको आरोपमा पक्राउ परेका अभिनेत्री शिल्पा सेट्टीका पति तथा व्यावसायी राज कुन्द्रालाई प्रहरीले गिरफ्तार गरेको अब एक साता पुगिसकेको छ । 

यस विषयमा प्रहरीले दैनिक कुन्द्रसँग सोधपुछ गरेको छ । भारतीय पत्रिका जनसत्ता अखबारका अनुसार यही विषयमा छानबिन गर्न मुम्बई प्रहरीले अभिनेत्री गहना वशिष्ठ र अन्य दुईलाई प्रहरीकहाँ आउन भनेको थियो । तर, यी तीनै जना आइतबार प्रहरीकहाँ पुगेनन् ।

गहना वशिष्ठले यसअघि राज कुन्द्र पक्राउ परेपछि पोर्न फिल्म र उत्तेजक सामग्रीमा फरक भएको अभिव्यक्ति दिएकी थिइन् । उनले अहिलेसम्म कुन्द्राका तीन फिल्ममा काम पनि गरेकी छिन् । त्यसैले पनि प्रहरीले उनलाई सोधपुछका लागि बोलाएको हो ।

प्रहरीले अहिलेसम्म यस विषयमा ११ जनासँग सोधपुछ गरेको छ । 

भारतीय मिडियाहरुका अनुसार यो विषयमा अब कुन्द्रालाई थप समस्या देखिने भएको छ । सुत्रहरुको हवाला दिँदै भारतीय मिडियाले राज कुन्द्रको कम्पनीका चार जना नै उनीविरुद्ध लागेको बताएका छन् ।





  • प्रकाशित मिति : साउन ११, २०७८ साेमबार १०:२९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया