छिमेकी मुलुक भारतमा पछिल्लो २४ घन्टामा थप ३९ हजार ३६१ जनामा संक्रमण पुष्टि भएको छ भने ४१६ जना संक्रमितले ज्यान गुमाएका छन् ।
यही अवधिमा ३५ हजार ९६८ जना संक्रमणमुक्त भएका छन् । अहिले भारतमा ४ लाख ११ हजार १८९ जना सक्रिय संक्रमित रहेका छन् ।
हालसम्म भारतमा ४ लाख २० हजार ९६७ जना संक्रमितले ज्यान गुमाइसकेका छन् भने ३ करोड १३ लाख ७१ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भइसकेको छ।
भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युको हिसाबले तेस्रो स्थानमा छ ।
भारतमा कोरोनाविरुद्ध ४५ करोड ३७ लाख ७० हजार ५८० डोज खोप दिइसकिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।