महिला फुटबल टोली बन्द प्रशिक्षणमा

भदौ २८ देखि असोज ९ गतेसम्म नेपालमा आयोजना हुने एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि नेपाली राष्ट्रिय टोली अहिले बन्द प्रशिक्षणमा छ । समूह एफमा रहेको नेपालले अर्को वर्ष भारतमा हुने प्रतियोगितामा छनोट हुने लक्ष्यसहित तयारीलाई तीव्रता दिइरहेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा नेपाली टिमले नेपालमा आयोजना हुने एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि तयारीलाई तीव्रता दिइरहेको हो । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् । छनोट चरणको खेल खेल्न लागेको नेपाल समूह एफमा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेका छन् । 

ग्यारी फिलिप्स देशबाहिर रहेकाले एन्फाले चेतन घिमिरे, भगवती राना मगर र अरुणा गुरुङलाई सहायक प्रशिक्षकमा नियुक्त गरेर तयारीलाई तीव्रता दिइरहेको हो । घरेलु मैदानमा हुने छनोट खेलमा नेपाल लागि नेपाली महिला टोलीले तयारी राम्रो गरिरहेको भन्दै एसियन कपका लागि छनोट हुने आशावादी रहेको कप्तान रेनुका नगरकोटीले बताइन् ।

चोटका कारण हाल कतारमा उपचार गराइरहेकी सर्वाधिक गोलकर्ता तथा मुख्य फरवार्ड सावित्रा भण्डारी भने टोलीबाट बाहिर हुनेछिन् । मुख्य खेलाडी नभए पनि नयाँ खेलाडीको प्रदर्शनबाट प्रतियोगितामा छनोट हुने उनले बताइन् ।

राष्ट्रिय महिला फुटबल टिमका लागि तीनजना सहायक प्रशिक्षकले मुख्य प्रशिक्षक ग्यारी फिलिप्सको निर्देशनमा अभ्यास गराइरहेका छन् ।





  • प्रकाशित मिति : साउन ११, २०७८ साेमबार १९:५१:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया