विवेकशील साझामा मतभेद, फेरि फुट्न सक्ने

२४ मंसिर २०७७ मा दोस्रो पटक पार्टी एक भएको घोषणा गरेको विवेकशील साझा पार्टीमा फेरि विग्रह हुने सम्भावना बढेको छ । पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेज र धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्नु पर्ने प्रस्ताव अगाडि सारेपछि यो पार्टीमा फेरि मतभेद देखिएको हो ।

मिश्रको धारणामा विवेकशील नेपाली दलको पृष्ठभूमिबाट आएका नेताहरुले मतभेद देखाएका छन् । उनीहरुले अध्यक्ष मिश्रको धारणा व्यक्तिगत धारणा मात्र भनेका छैनन्, यसअघि एकता हुँदा भएका घोषणालाई पनि बेवास्ता गरिएको बताएका छन् । 

मिश्रको धारणा आए लगत्तै विवेकशील नेपाली दलबाट पार्टीमा आएका नेताहरुको एउटा अनौपचारिक छलफल भएको थियो । छलफलले अध्यक्षको धारणामा आफूहरु जान नसक्ने निष्कर्ष निकालेको छ । 

‘यसले हामीलाई फेरि वैकल्पिक राजनीति र हिजो हामीले संविधानवाद र प्राप्त उपलब्धि भनेर जे भनेका थियौँ, त्यसमाथि प्रश्न उठाएको छ, हामी छलफलमा रहेका छौँ,’ विवेकशील साझाका एक नेताले भने ।

उनले मिश्रको धारणा पार्टीको आधिकारिक धारणा नभएको र यस विषयमा पार्टीमा छलफल सुरु गरिने पनि बताएका छन् ।

दोस्रो पटक ६ महिनाअघि एकता घोषणा गरेको यो पार्टीको पहिलो पटक ११ साउन २०७४ मा एकता घोषणा गरिएको थियो । २०७४ को चुनावमा यी दुई पार्टीबीच एकता भएको थिएन ।



तर, त्यति बेला डेढ वर्षपछि २७ पुस २०७५ मा यो पार्टी फेरि फुट्यो । पार्टी फुट्दा उज्ज्वल थापा नेतृत्वले फेरि विवेकशील नेपाली दल ब्यूँतायो भने र रवीन्द्र मिश्र समूहका नेता साझा पार्टीमा नै रहेका थिए ।



  • प्रकाशित मिति : साउन १२, २०७८ मंगलबार ६:८:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया