भारतमा थप २९ हजार संक्रमित, ४१५ मृत्यु

छिमेकी मुलुक भारतमा पछिल्लो २४ घन्टामा थप २९ हजार ६८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १३२ दिनपछि पहिलो पटक यति थोरै संख्यामा संक्रमित भेटिएका हुन् । 

पछिल्लो २४ घन्टामा थप ४१५ संक्रमितले ज्यान गुमाएका छन् । यससँगै भारतमा ज्यान गुमाउनेको संख्या ४ लाख २१ हजार ३८२ पुगेको छ । 

यसैगरी यही अवधिमा ४२ हजार ३६३ जना संक्रमणमुक्त भएका छन् । भारतमा संक्रमणमुक्त हुनेको संख्या ३ करोड ६ लाख २१ हजार ४६९ रहेको छ । अहिले पनि भारतमा करिब ४ लाख सक्रिय संक्रमित रहेका छन् । 

भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा रहेको छ । 

भारतले पछिल्लो समय कोरोना भाइरसविरुद्धको भ्याक्सिनेसन कार्यक्रमलाई द्रुत गतिमा अगाडि बढाइरहेको छ । भारतमा अहिलेसम्म ४४ करोड १९ लाख १२ हजार ३९५ डोज भ्याक्सिन लगाइएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । 





  • प्रकाशित मिति : साउन १२, २०७८ मंगलबार १०:१६:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया