प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवलाई पदमुक्त गरेकी छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश पौडेल र यादवलाई हटाउने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को निर्णयअनुसार, प्रधानमन्त्री देउवाले राष्ट्रपतिसमक्ष उनीहरुलाई हटाउन सिफारिस गरेका थिए।
राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले प्रेस विज्ञप्ति जारी गरी पौडेल र यादवलाई पदमुक्त गरेको जनाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।