लुम्बिनी प्रदेशकी मन्त्री पाण्डेको स्वास्थ्य सुधारोन्मुख

नर्भिक अस्पतालमा बुधबार उपचारका लागि भर्ना भएकी लुम्बिनी प्रदेशकी उद्योग तथा वन वातावरण मन्त्री कल्पना पाण्डेको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको छ । उनी खतरामुक्त भएको नर्भिकले जनाएको छ । 

अस्पातलका अनुसार पाण्डेको स्वास्थ्यमा सुधार भएपछि उनलाई आइसियूबाट नर्मल वार्डमा सारिएको छ ।

न्युरोसम्बन्धी रोग जिडिएसबाट गम्भीर बिरामी भएकी मन्त्री पाण्डे आइतबार नै नर्भिकको आइसियू कक्षमा भर्ना भएर उपचार गरिरहेकी थिइन् । उनको दुवै खुट्टा नचले पछि रुपन्देही भैरहवामा रहेको भीम अस्पतालबाट आइतबार नै नर्भिक अस्पताल ल्याइएको थियो ।





  • प्रकाशित मिति : साउन १३, २०७८ बुधबार १३:५८:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया