भारतमा थप ४३ हजार कोरोना संक्रमित, ६४० मृत्यु

छिमेकी मुलुक भारतमा पछिल्लो २४ घन्टामा थप ४३ हजार ५०९ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै भारतमा संक्रमित हुनेको संख्या ३ करोड १५ लाख २८ हजार ११४ पुगेको छ । 

यसैगरी थप ६४० जना संक्रमितले ज्यान गुमाएका छन् । यससँगै भारतमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख २२ हजार ६६२ पुगेको छ । 

पछिल्लो २४ घन्टामा ३८ हजार ४६५ जना संक्रमणमुक्त भएका छन् । यहाँ सक्रिय संक्रमितको संख्या ४ लाख नाघेको छ । 

भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा छ ।

भारतमा कोरोनाविरुद्ध हालसम्म ४५ करोड ७ लाख डोज खोप दिइसकिएको छ । 
 





  • प्रकाशित मिति : साउन १४, २०७८ बिहीबार १०:२:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया