योजना आयोगका उपाध्यक्ष पौडेलले लिए शपथ

राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष विश्वनाथ पौडेलले शपथ लिएका छन् । पौडेलले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

कांग्रेस सभापति शेर बहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएलगत्तै योजना आयोगका तत्कालीन उपाध्यक्ष डा. पुष्प कँडेललाई हटाएर पौडेल नियुक्त भएका थिए ।

नवनियुक्त उपाध्यक्ष पौडेललाई प्रधानमन्त्री देउवाले पद तथा गोपनीयताको शपथ गराएका छन् । 

गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो । 

पद तथा गोपनीयताको शपथ लिएलगत्तै उपाध्यक्ष पौडेलले आयोगमा नवनियुक्त सदस्यद्वय रामकुमार फुयाँल र दिलबहादुर गुरुङलाई पनि शपथ ग्रहण गराएका छन् । 





  • प्रकाशित मिति : साउन १४, २०७८ बिहीबार १२:५६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया