ओलम्पिक फुटबल : पुरुष टिमको क्वाटरफाइनल समीकरण पूरा

जापानमा जारी ३२ औँ ग्रिष्मकालीन ओलम्पिकमा पुरुष फुटबलको समूह चरणको खेलहरु सकिएको छ । 

समूह चरण पार गर्दै ८ टोली क्वाटरफाइनल प्रवेश गरेका हुन् । केही ठूला देशहरु पनि समूह चरणबाट नै बाहिरिएका छन् । 

यो सूचीमा २०१६ को ओलम्पिकमा रजत पदक विजेता जर्मनीसँगै फ्रान्स र अर्जेन्टिना पनि यसै टोलीमा परे ।

घरेलु टोली जापान, मेक्सिको, इजिप्ट र स्पेन क्वाटरफाइनलमा प्रवेश गरेका छन् । यससँगै ब्राजिल, आइभरीकोष्ट, दक्षिण कोरिया र न्युजिल्यान्डले अन्तिम आठमा आफ्नो स्थान पक्का गरिसकेका छन् । 

समुह ए अन्तर्गत बुधबार भएको खेलमा जापानले फ्रान्सलाई ४-० ले पराजित गर्दै समुह चरणको विजेता बन्दै क्वाटरफाइनल पुगेको हो । 

त्यस्तै, अर्को खेलमा दक्षिण अफ्रिकालाई ३-० को गोल अन्तरले पराजित गर्दै मेक्सिको क्वाटरफाइनल प्रवेश गरेको हो । यता समूह सीबाट समूह विजेता बन्दै स्पेन तथा उपविजेता रहँदै इजिप्ट क्वाटरफाइनल प्रवेश गरेका हुन् । 



अन्तिम खेलमा स्पेन र अमेरिकाले समान १-१ गोल गरे । त्यस्तै, इजिप्टले अष्ट्रेलियालाई २-० गोल अन्तरले हरायो । 

इजिप्ट र अर्जेन्टिनाले समान ४ अंक जोडे पनि गोल अन्तरले इजिप्ट अगाडि रहेका कारण अर्जेन्टिनाले प्रतियोगिता छोड्नु पर्यो । 



अब क्वाटरफाइनलमा जापानले न्युजिल्यान्डसँग, स्पेनले आइभेरीकोष्टसँग, दक्षिण कोरियाले मेक्सिकोसँग तथा ब्राजिलले इजिप्टसँग खेल्नेछ । 

  • प्रकाशित मिति : साउन १४, २०७८ बिहीबार १५:२:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया