तमिल फिल्म थडमको बलिउड रिमेकमा आदित्य राय कपुर

पछिल्ला केही वर्ष बलिउडमा साउथ इन्डियन फिल्मको रिमेक गर्ने भूत सवार भएको छ । यसै क्रममा अर्को तमिल फिल्म ‘थडम’ को पनि हिन्दी रिमेक हुने भएको छ। 

थडमको हिन्दी रिमेकमा आदित्य राय कपुरले शीर्ष भूमिका निभाउनेछन् । उनी पहिलो पटक फिल्ममा डबल रोलमा देखिनेछन् । 

थ्रिलर विधाको फिल्मलाई वर्धन केटकरले निर्देशन गर्नेछन् । फिल्मको छायांकन भने आगामी सेप्टेम्बरबाट सुरु हुनेछ । 

थडम फिल्म सन् २०१९ मा रिलिज भएको थियो । जसमा अरुण विजय, विद्या र तान्या होपे प्रमुख भूमिकामा देखिएका थिए । फिल्म  निकै रुचाइएको थियो । अब हिन्दी रिमेकले कस्तो छाप मार्ने हो, त्यो त हेर्न नै बाँकी छ । 





  • प्रकाशित मिति : साउन १५, २०७८ शुक्रबार ६:५६:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया