अलमुताइरीको राजीनामाबारे छलफल गर्न आज एन्फा कार्यसमिति बैठक

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकले दिएको राजीनामाबारे छलफल गर्न आज  अखिल नेपाल फुटबल संघ (एन्फा)आकस्मिक बैठक बस्दै छ । 

आज अपरान्ह ४ बजे एन्फा कार्यसमितिको बैठक बस्ने लागेको हो । सम्झौता अवधि बाँकी हुँदै  राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुलाह अलमुताइरीले घोषणा गरेको राजीनामा बारे छलफल हुनेछ । आजको बैठकमा नेपालमा १३औं साफ च्याम्पियनसिप आयोजना गर्नेबारे पनि छलफल हुने एन्फाले जनाएको छ । 

प्रशिक्षक अलमुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङका कारण आफूले राजीनामा गर्नु परेको उल्लेख गर्दै सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेका थिए । 





  • प्रकाशित मिति : साउन १५, २०७८ शुक्रबार ७:२:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया