तीब्र गतिमा गुडेको गाडी खाल्डोमा खस्दा १ जनाको मृत्यु, ५ जना घाइते

धनुषामा एक सरकारी गाडी खाल्डोमा खस्दा १ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान ढल्केवरबाट जनकपुरतर्फ जाँदै गरेको ज–२०–०२–०००१ ख ००३५ नम्बरको स्कार्पिओ दुर्घटनामा परेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार शुक्रबार बिहान ५ बजेतिर लक्ष्मीनिया गाउँपालिकास्थित सपहीमा राजमार्गमा पुल बनाउन खनिएको खाल्डोमा स्कार्पिओ खसेको हो । 

दुर्घटनामा परी महोत्तरी भंगहा नगरपालिका–९ का दीपक यादवको मृत्यु भएकोप्रहरीले जनाएको छ । ५ जना घाइते भएका छन् । उनीहरुको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । 

प्रहरीका अनुसार तीब्र गतिका कारण अनियन्त्रित भई स्कार्पिओ खसेको हो । 





  • प्रकाशित मिति : साउन १५, २०७८ शुक्रबार ८:१९:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया