संक्रमितको संख्या बढेसँगै अर्घाखाँचीमा दुई साता निषेधाज्ञा

अर्घाखाँची जिल्लामा संक्रमितको संख्या बढेसँगै दुई साता निषेधाज्ञा थप गरिएको छ।

थपिएको निषेधाज्ञा साउन ३० सम्म जारी गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । साउन १६ गते मध्यरातिबाट निषेधाज्ञा लागू हुनेछ । 

जिल्ला अधिकारी विष्णु पौडेलको अध्यक्षतामा बिहीबार बसेको बैठकले दुई साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । 

निषेधाज्ञाको समयमा सरकारी तथा गैरसरकारी अफिस पूर्णरूपमा बन्द रहनेछन् । यसै गरी सार्वजनिक तथा निजी सवारीसाधन पनि बन्द रहनेछन् । 

खाद्यान्न पसल बिहान ६ बजेदेखि ९ बजेसम्म जनस्वास्थ्य मापदण्ड अपनाएर मात्र खोल्न पाइनेछ । 

औषधि तथा स्वास्थ्य सामग्री भने चौबीसै घन्टा उपलब्ध हुनेछ । 



अर्घाखाँचीमा हालसम्म तीन हजार २५१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । हाल जिल्लामा ५४४ सक्रिय संक्रमित रहेका छन् । 



  • प्रकाशित मिति : साउन १५, २०७८ शुक्रबार ९:४४:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया