सुनिता दुलालको ‘परदेशी छोरी’ सार्वजनिक

गायिका सुनिता दुलालले नयाँ तीज गीत सार्वजनिक गरेकी छिन् । उनले यो वर्षको तीजलाई लक्षित गर्दै ‘परदेशी छोरी’बोलको गीत सार्वजनिक गरेकी हुन ।

ज्योति गुरुङले लेखेको उक्त गीतमा सुरज लामिछानेले संगीत भरेका छन् । गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ ।

म्युजिक भिडियोमा परदेशीएकी छोरीको कथा प्रस्तुत गरिएको छ । परदेशीएपछि चाहेर पनि घर फर्किन नसकेका छोरीहरूले घरदेशको समझनामा नोस्टाल्जिक भएको कथा बुनिएको छ ।

म्युजिक भिडियो कुशल श्रेष्ठले निर्देशन गरेका हुन् ।


 





  • प्रकाशित मिति : साउन १५, २०७८ शुक्रबार १०:२५:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया