'जनताले भोगेको र काठमाडौंले बुझेको देश निकै भिन्न छ, मलाई समर्थनको आश नै थिएन'
फाइल तस्बिर

विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले जनताले बुझेको देश र काठमाडौंले चिनेको देश भिन्न भएको बताएका छन् । मिश्रले प्रस्तुत गरेको राजनीति दस्तावेजको विषयमा विवाद भएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् । 

मिश्रले आफूले देशभर भ्रमण गर्दा त्यहाँको जनताले भोगेको तथा बुझेको देश तथा समाज र काठमाडौंसहित देशको एउटा तप्काले बुझेको देशमा ठूलो अन्तर रहेको पाएको बताएका छन् । 

आफूले लेखेको सोही कुरा राजनीतिक दस्तावेज सार्वजनिक भएपछि सामाजिक सञ्जालमा देखिएको मिश्रले बताए । उनले अहिले सार्वजनिक रुपमा सोही अन्तर ठ्याक्कै प्रतिविम्वित भएको मिश्रको भनाइ छ । 

मिश्रले आफूले धारणा राखिरहँदा जनताकै विषयमा बोलिरहेको भन्दै आफूले उक्त दस्तावेजमा भारी मात्रामा समर्थन पाउने आशा नै नगरेको बताएका छन् । 

मिश्र लेख्छन्, ‘मैले मेरा धारणा राख्दै गर्दा म आम जनताकै आवाज बोलिरहेको छु जस्तो लागेको थियो । तर, देशभरी र विदेशमा रहेका नेपालीहरूबाट समेत यो तहको व्यापक समर्थन होला भन्ने चाहिँ मैले अलि सोचेको थिइनँ ।’

मिश्रले संघीयता तथा धर्म निरपेक्षताको समर्थन गर्नेहरु पनि भएको भन्दै आफूले उनीहरुसँग फरक मत राखेको बताएका छन् । समर्थन गर्नेहरुको धारणालाई आफूले सम्मान गर्ने भन्दै मिश्रले फरक धारणा राख्ने जनमत पनि ठूलो भएको बिर्सन नहुने बताए । 



आफूले संघीयता तथा धर्म निरपेक्षताको विषयमा उठाएको विषयले एउटा बहसको वातावरण बनाएको भन्दै मिश्र लेख्छन्, ‘देश बनाउने नै हो, यसमा शंकै छैन ।’



  • प्रकाशित मिति : साउन १५, २०७८ शुक्रबार १२:४२:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया