मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

जिल्लाको बेलबारी नगरपालिका-९ तीन खुटियामा बिहीबार राति प्र १-०२-०४३-५७६८ नम्बरको मोटरसाइकल विद्युत पोलमा ठोक्किँदा मोटरचालक बेलबारी-९ का २८ वर्षीय उमेश चौधरीको मृत्यु भएको हो । 

दुर्घटनामा परी गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

दुर्घटनामा परी ३० वर्षीय श्रवणकुमार विश्वास घाइते भएका छन् । उनको न्युरो अस्पतालमा उपचार भइरहेको छ । 
 





  • प्रकाशित मिति : साउन १५, २०७८ शुक्रबार १३:६:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया