भक्तपुरमा तेह्र वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको सूर्यगढी नगरपालिका-२ निवासी २४ वर्षीय साइला घिसिङ भनेर चिनिने विनायक तामाङ रहेका छन् ।
गत असार ४ गते तामाङले ती बालिकालाई आफ्नै डेरामा जबर्जस्ती करणी गरेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई बिहीबार साँझ पक्राउ गरेको हो ।
प्रहरीले यस सम्बन्धमा अनुसन्धान गरिरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।