नदीमा नुहाउने क्रममा डुबेर २ बालबालिकाको मृत्यु, एक बेपत्ता
सांकेतिक तस्बिर

कैलालीमा नदीमा नुहाउने क्रममा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ भने एक जना बालिका बेपत्ता भएकी छन् । 

जिल्लाको भजनी नगरपालिका वडा नं. ९ को डोमपुरस्थित कन्द्रा नदीमा नुहाउने क्रममा डुबेका दुई बालबालिका मृत अवस्थामा फेला परेका छन् भने एक जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा धन बहादुर सिंहकी छोरी ९ वर्षीया लक्ष्मी सिंह र राम फल चौधरीका ७ वर्षीय छोरी जानु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । 

बेपत्ता ६ वर्षीया अनु सिंहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : साउन १५, २०७८ शुक्रबार १८:३५:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया