एसएसबीले तुइन काटेको पुष्टि भएको छैन: दार्चुला प्रशासन
साङ्केतिक तस्वीर

दार्चुलामा महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर बेपत्ता भएको घटनाप्रति स्थानीय प्रशासनले प्रतिक्रिया दिएको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय सीमा सुरक्षा बल एसएसबीले नै तुइन काटिदिएको भन्ने पुष्टि भइनसकेको भन्दै सुचना जारी गरेको हो ।

‘एसएसबीका जवानले तुइन काटिदिएकाले जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको भनी प्रकाशित सूचना/समाचारप्रति यस कार्यालयको ध्यानाकर्षण भएको छ,’ जिल्ला प्रशासन कार्यालय दार्चुलाले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘सो घटना अनुसन्धान/छानविनकै क्रममा रहेकाले सत्यतथ्य पुष्टि भइनसकेको अवस्थामा दुई देशबीचको सम्बन्धमा खलल पर्ने किसिमका कुनै पनि तथ्यहिन सूचना/समाचार प्रकाशन नगरिदिन अनुरोध छ ।' 

प्रशासनले घटनास्थलमा सशस्त्र प्रहरी बल नम्बर ४४ गण, जिल्ला प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धानको टोली घटनास्थलमा खटाइएको सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

शुक्रबार दार्चुलाको व्यास गाउँपालिका–२ बाट भारतको पङ्गला जान खोज्दा एसएसबीले तुइन काटिदिएपछि ३३ वर्षीय जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको स्थानीय बासिन्दाले बताएका थिए । उक्त खबर प्राप्त भएलगत्तै गृहमन्त्रालयले घटनाको आवश्यक छानबिन गरी सत्यतथ्य पत्ता लगाउन प्रहरी र स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।





  • प्रकाशित मिति : साउन १६, २०७८ शनिबार १६:२३:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया