दार्चुला घटनाका दोषीलाई तत्काल कारबाही गर्न चार कम्युनिस्ट पार्टीको माग

दार्चुला घटनाका दोषीलाई तत्काल कारबाही गर्न चार कम्युनिस्ट पार्टीले सरकारसँग माग गरेका छन् । 

तुइन तर्ने क्रममा बेपत्ता भएका जयसिंह धामीको अवस्था सार्वजनिक गर्न, पीडित परिवारलाई न्याय र राहतको व्यवस्था गर्न, दोषीलाई शीघ्रातिशीघ्र कारबाही गर्न र विश्वासिलो छानबिन अगाडि बढाउन चार पार्टीले सरकारसँग माग गरेका हुन् । 

शनिबार नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपाका अध्यक्ष ऋषिराम कट्टेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष आहुतीले संयुक्त विज्ञप्ति जारी गरी सरकारसँग विश्वासिलो छानविन प्रक्रिया अघि बढाउन माग गरेका हुन् ।

उनीहरुले यो घटनालाई नेपाली राष्ट्रियतामाथिको नाङ्गो हस्तक्षेप भनेका छन् । जारी विज्ञप्तिमा भनिएको छः ‘यो घटना नेपाली राष्ट्रिय स्वाधीनतामाथिको भारतीय शासक वर्गको नाङ्गो षडयन्त्र र हस्तक्षेप हो ।’

शुक्रबार दार्चुलाको व्यास गाउँपालिका २ का ३५ वर्षीय जयसिंह धामी भारतको उत्तराखण्ड राज्यको पांगन जाने क्रममा महाकालीको तुइन तर्ने क्रmमा बेपत्ता भएका थिए । 

सो घटनामा भारतीय सुरक्षा बलको संलग्नता रहेको भन्दै नेपाली सञ्चारमाध्यम र सामाजिक सञ्जालमा व्यापक विरोध भइरहेको छ । भारतीय पक्षले भने सो घटनामा भारतीय सीमा सुरक्षा बलको संलग्नता नरहेको दाबी गरेको छ ।  





  • प्रकाशित मिति : साउन १६, २०७८ शनिबार २०:४०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया