टोकियो ओलम्पिक : पाैडीमा अमेरिकाको विश्व कीर्तिमान

टोकियो ओलम्पिक अन्तर्गत पौडीको पुरुष ४ गुणा १०० मिटर मिड्ले रिलेमा अमेरिकाले विश्व कीर्तिमानसहित स्वर्ण हात पारेको छ । 

टोकियो एक्वेटिक सेन्टरमा आइतबार बिहान ३ मिनेट २६.७८ सेकेन्डको समय निकाल्दै अमेरिकाले आफ्नै नाममा रहेको ३ मिनेट २७.२८ सेकेन्डको विश्व कीर्तिमान सुधार गरेको हो।

यो स्पर्धामा बेलायतले ३ मिनेट २७.५१ सेकेन्डको समय निकाल्दै रजत र इटालीले ३ मिनेट २९.१७ सेकेन्डको समय निकाल्दै कास्य पदक हात पारे । 

महिलातर्फ ४ गुणा १०० मिटर मिड्ले रिलेमा अस्ट्रेलियाले ओलम्पिक कीर्तिमानसहित स्वर्ण हात पारेको छ । 

टोकियो एक्वेटिक सेन्टरमा आइतबार बिहान ३ मिनेट ५१.६० सेकेन्डको समय निकाल्दै अस्ट्रेलियाले अमेरिकाको नाममा रहेको ३ मिनेट ५२.०५ सेकेन्डको ओलम्पिक कीर्तिमान तोडेको  हो ।

यो स्पर्धामा ३ मिनेट ५१.७३ सेकेन्डको समय निकालेको अमेरिकाले रजत र क्यानडाले ३ मिनेट ५२.६० सेकेन्डको समय निकाल्दै कास्य पदक हात पारे । 



महिला ४ गुणा १०० मिटर मिड्ले रिलेमा ३ मिनेट ५०.४० सेकेन्डको समय निकाल्दै अमेरिकाले विश्व कीर्तिमान कायम गरेको छ ।  



  • प्रकाशित मिति : साउन १७, २०७८ आइतबार १०:५४:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया