प्रचण्डले भने– माधव नेपाल समूह एमालेमा जान्छ, मन्त्रालय बाँडफाँडबारे फेरि छलफल गर्नु पर्ने भयो
फरकधार / १७ साउन, २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी कमिटी बैठकमा सरकार गठनको प्रक्रियाबारे फेरि छलफल गर्न पर्ने देखिएको बताएका छन् ।



माधवकुमार नेपाल समूहले नेकपा एमाले एकताका लागि जोड दिएकाले पनि अब सरकार गठनका लागि मन्त्रालय बाँडफाँडबारे फेरि छलफल गर्नु पर्ने अवस्था आएको उनले बताएका हुन् । 

आज विहान कोटेश्वरमा माधवकुमार नेपाल निवास पुगेर स्थायी कमिटी बैठकका लागि पेरिस डाँडा पुगेका प्रचण्डले भने, ‘माधव कमरेडहरु पार्टी एक गरेर अगाडि बढ्ने मनासयमा हुनुहुन्छ, उहाँहरु नआएपछि मन्त्रालय बाँडफाँड अब फेरि छलफल गर्नु पर्ने भयो ।’ 

स्थायी कमिटी बैठकमा सहभागी माओवादी केन्द्रका एक नेताका अनुसार प्रचण्डले आज विहान माधव नेपाललाई भेट्दा यसको छनक पाएको बताएका हुन् ।



आज बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठक भोलि दिउँसो ३ बजे फेरि बस्ने भएको छ।
 

  • प्रकाशित मिति : साउन १७, २०७८ आइतबार १४:६:४७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया