माधव नेपाललाई दोस्रो अध्यक्ष दिन सकिँदैन : महासचिव पोखरेल

पार्टी एकताका लागि एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउने चर्चा चलिरहेका बेला सो पार्टीका महासचिव ईश्वर पोखरेलले एमालेमा दुई अध्यक्षको व्यवस्था गर्न नसकिने बताएका छन् । 

आइतबार एमाले स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै महासचिव पोखरेलले माधव नेपाल पक्षले भनेजस्तो नेपाललाई दोस्रो अध्यक्ष दिन नसकिने बताएका हुन्।

आजको बैठकमा नेपाल पक्ष अनुपस्थित भएको थियो। पोखरेलले पार्टी एकताका लागि अझै पनि प्रयास भने जारी रहने बताए।
 
अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच कुरा नमिल्दा एमालेको पार्टी एकताले सार्थक रुप लिन सकेको छैन । विवाद समाधानका लागि गठित कार्यदलले असार २७ गते १० बुँदे सहमति अहिले बेवारिसे बनेको छ । 

नेपाल पक्षले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन संसदमा मतदान गरेपछि ओली आक्रोशित बनेका छन् । ओलीले नेता नेपाललाई देशद्रोही र प्रतिगामीको मतियार भएको आरोप लगाउँदै आएका छन्। 





  • प्रकाशित मिति : साउन १७, २०७८ आइतबार १९:२५:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया