पाँचौँ निफ फेस्टिभलका लागि आवेदन खुला

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को पाँचौँ संस्करणका लागि आवेदन खुला गरिएको छ । विश्वका कथाहरुको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव भन्ने नाराको साथ आयोजना हुँदै आएको चलचित्र महोत्सवको पाँचौँ संस्करणको लागि आवेदन खुला गरिएको हो । 

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने महोत्सवका लागि १ जुलाई, २०२१ देखि नै आवेदन खुला गरिएको हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्रकर्मीले २५ डिसेम्बर २०२१ सम्म आफ्ना चलचित्र तथा वृत्तचित्र आवेदन दिन सकिने प्रतिष्ठानका अध्यक्ष केपी पाठकले जानकारी दिए । 

www.niff.org.np वा filmfreeway.com/niff2022 बाट आवेदन दिन सकिनेछ । निफको पाँचौँ संस्करण ०७८ चैत १० देखि १४ गतेसम्म (२०२० मार्च १० देखि १४ मार्च) हुनेछ । 

यसअघि कोरोना महामारीकैबीच प्रतिष्ठानले चौथो संस्करण सम्पन्न गरेको थियो । चौथो संस्करणका विजेताहरूलाई अवार्ड तथा पुरस्कार समेत वितरण गरिएको छ । आज काठमाडौंमा आयोजित कार्यक्रममा सातवटा राष्ट्रिय पुरस्कार तथा नेपालले जितको अवार्ड वितरण गरिएको थियो ।  

कार्यक्रमका प्रमुख अतिथि तथा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले विजयी चलचित्र तथा चलचित्रकर्मीलाई ट्रफी तथा नगद पुरस्कार प्रदान गरेका थिए । 
 
नेपाली फिचर फिल्म प्रतियोगिताअन्तर्गत  बेस्ट फिचर फिल्म  अवार्ड ‘आमा खाँन्डो’ले नगद पुरस्कार एक लाखसहित ट्रफि र प्रमाण पत्र प्राप्त गरेको छ । 

त्यस्तै, वेस्ट पेन्डेमिक फिल्म अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पुरस्कृत ‘सिभिल सोल्जर’का लागि गणेश पाण्डेले नगद ५० हजारसहित ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन् । 



यसैगरी नेपाली सर्ट फिल्म प्रतियोगिता अन्तर्गत राजेशप्रसाद खत्रीको अ स्केयरक्रोले बेस्ट सर्ट फिल्म अवार्डस्वरुप नगद ५० हजार र ट्रफी प्राप्त गरेको छ । 

पुरस्कार वितरण कार्यक्रममा वेस्ट सिनेमाटोग्राफी नेसनल फिचर फिल्म– शिरीष गुरुङ (लाटो कोसेरो), वेस्ट स्क्रिन प्ले नेसलन फिचर फिल्ममा– सेर्गियो बासो ( सरिता– टेल मी हु एम आई), वेस्ट एक्ट्रेस नेसनल फिचर फिल्ममा सरिता गिरी (लाटो कोसेरो), बेस्ट एक्टर नसशनल फिचर फिल्ममा नवीन शिल्पकार (लाटो कोसेरो)लाई ट्रफी तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।
  
कोरोना महामारीका कारण भर्चुअल रुपमा गत वैशाख २३ देखि २७ सम्म चौथो संस्करण सम्पन्न भएको थियो ।



  • प्रकाशित मिति : साउन १७, २०७८ आइतबार २१:४१:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया