भारतमा थप ४० हजार संक्रमित, ४२२ मृत्यु

भारतमा पछिल्लो २४ घन्टामा थप ४० हजार १३४ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड १६ लाख ९५ हजार ८९५८ पुगेको छ । 

यसै गरी पछिल्लो २४ घन्टामा थप ४२२ संक्रमितले ज्यान गुमाएका छन् । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख २४ हजार ७७३ पुगेको छ।

यही अवधिमा ३६ हजार ९४६  जना संक्रमणमुक्त भएका छन् । भारतमा अहिले पनि ४ लाख १३ हजार ९७१८ सक्रिय संक्रमित रहेका छन् । 

भारतमा हालसम्म ४७ करोेड २२ लाख  २३ हजार ६३९ जनाले काेराेना विरुद्धकाे खाेप लगाइसकेका छन् ।

भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा रहेकाे छ ।





  • प्रकाशित मिति : साउन १८, २०७८ साेमबार १०:१०:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया