नेकपा एमाले : संगठन विभाग विष्णु पौडेललाई, स्कुल विभाग अध्यक्ष ओलीसँगै

नेकपा एमालेले पार्टीको केन्द्रीय निकाय तथा विभिन्न विभागको जिम्मेवारी तोकेको छ । आज बसेको स्थायी समिति बैठकले विभिन्न विभागमा नेताहरुको जिम्मेवारी तोकेको हो । 

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको बैठकले पार्टीको संगठन विभाग तथा स्कुल विभागसहित विभिन्न निकायमा शीर्ष नेतासहित केन्द्रीय सदस्यहरु रहने गरी जिम्मेवारी तोकेको हो । 

आजको बैठकले पार्टीको संगठन विभाग प्रमुखमा उपमहासचिव विष्णु प्रसाद पौडेललाई जिम्मेवारी तोकेको छ । पार्टी स्कुल विभाग भने अध्यक्ष केपी शर्मा ओलीले आफैसँग राखेका छन् । 

अन्य विभागहरुमा पनि जिम्मेवारी तोकिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । उनले विभागहरुमा पछि थप गर्नेगरी असन्तुष्ट पक्ष वरिष्ठ नेता माधव कुमार नेपाल समूहका लागि पनि ठाउँहरु खाली राखिएको बताए । 





  • प्रकाशित मिति : साउन १८, २०७८ साेमबार १८:३३:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया