तालिवानले ओसामा बिन लादेनका लागि पुरै अफगानिस्तानलाई ध्वस्त बनायाे : अफगान राष्ट्रपति

अफगानिस्तानका राष्ट्रपति अशरफ गनीले फेरि एक पटक पाकिस्तानलाई तालिवानको समर्थन गरेको भन्दै आरोप लगाएका छन् ।

अफगानिस्तानको दक्षिण र पश्चिम क्षेत्रका तीन प्रमुख सहर(हेरात, लश्कर गाह र कन्धार) मा लडाइँ जारी छ । तालिवान लडाकुहरूले यी सहरलाई सरकारी सुरक्षा बलबाट खोस्ने प्रयास गरिरहेका छन् । 

अफगान सुरक्षा बलले तालिवान आउन सक्ने आशंकामा लश्कर गाहमा सयौँ कमान्डर तैनाथ गरेको छ । हेलमन्द प्रान्तका एक सैन्य अधिकारीले हवाई हमलाको सहयोगबाट तालिवानलाई अगाडि बढ्न रोकेको बताएका छन् । 

अफगान राष्ट्रपति र उनको सरकारले तालिवानलाई पाकिस्तानको समर्थन गरेको आरोप लगाउँदै आएका छन् । राष्ट्रपति गनीले एक व्यक्तिको कारण पुरै अफगानिस्तानलाई युद्धमा धकेलेको आरोप लगाए । 

उनले भाषणमा भने,‘तपाईंले एक मानिसको लागि पुरै अफगानिस्तानलाई किन बर्बाद गर्नुभयो ? एउटा मानिस महत्वपूर्ण थियो कि ढाइ करोड अफगानिस्तानी जनता?’

राष्ट्रपति गनीले यदि तालिवानले मानिसलाई सम्मान गर्छ भने र चुनावमा भाग लिन चाहन्छ भने ६ महिना अथवा एक वर्षभित्रमा चुनाव गराउन पनि सक्ने बताए ।



उनले अफगानिस्तानमा रक्तपातको अनुमति नदिने र अफगानी जनतामा एक अर्काको ज्यान लिने कारण कुनै नभएको कुरामा जोड दिए । 

यता तालिवानले राष्ट्रपति गनीले अप्ठ्यारो स्थितिलाई नियन्त्रण गर्न खोजेको भन्दै उनको बयानलाई बकवास बताएको छ । 



  • प्रकाशित मिति : साउन १९, २०७८ मंगलबार ७:१७:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया