बलिउड कलाकार अजय देवगण अभिनित चलचित्र भुजको दोस्रो ट्रेलर सार्वजनिक भएको छ ।
देवगणले सामाजिक सञ्जालमा पोस्ट गर्दै भुजको दोस्रो ट्रेलर सार्वजनिक भएको जानकारी दिएका हुन् ।
फिल्ममा अजय देवगणको साथमा सोनाक्षी सिन्हा, नोरा फतेही, संजय दत्त र एमी विर्क लगायतका कलाकारको अभिनय रहेको छ ।
फिल्मलाई अभिषेक धुधैयाले निर्देशन गरेका हुन् । । सन् १९७१ मा भारत पाकिस्तानबीच भएको लडाइँलाई लिएर फिल्मको कथा बनाइएको छ ।
फिल्म अगस्ट १३ मा डिजिटल प्लेटफर्म मार्फत् रिलिज हुनेछ ।
सन् १९९१ मा फूल और काँटे फिल्मबाट बलिउडमा प्रवेश गरेका देवगणले १०० भन्दा बढी फिल्म खेलिसकेका छन् ।
हेर्नुहाेस् ट्रेलर :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।