स्थानीय निकाय निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई कमल थापाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी दिनमा पार्टीलाई आन्दोलित रुपमा अगाडि बढाउने बताएका छन् । 

पार्टीको स्थानीय तह निर्वाचन परिचालन समितिको आयोजनामा मंगलबार आयोजित भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले आन्दोलन र अभियानको क्रममा संगठन सुदृढीकरण गर्दै महाधिवेशनलाई केन्द्रमा राख्ने बताए । 

थापाले स्थानीय निकाय निर्वाचनको तयारीलाई तीव्रता दिन समेत सहभागीलाई आग्रह गरे । महाधिवेशनअघि पार्टीको स्थानीय तह गठन, पुनर्गठन र अधिवेशनलाई उच्च प्राथमिकता दिई अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै थापाले महाधिवेशनपश्चात् भ्रष्टाचार, सर्वसत्तावाद, धर्मपरिवर्तन, बेरोजगारका विषयमा सशक्त आवाज उठाउँदै पार्टी आन्दोलित हुने बताए । 

राप्रपालाई अग्रणी राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउनको निमित्त सबैले सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा थापाको जोड थियो । महाधिवेशन, स्थानीय निकाय निर्वाचन र संसदीय निर्वाचनलाई दृष्टिगत गर्दै कार्ययोजना अनुरुप कार्यतालिका बनाएर प्रभावकारी रुपमा परिचालित हुन थापाको आग्रह थियो । 

थापाको संयोजकत्वमा केही समयअघि  परिचालन समिति गठन भएको थियो । आजको बैठकमा प्रदेश १, २ र बागमती प्रदेशको पार्टीका जिल्ला अध्यक्षहको सहभागिता रहेको राप्रपा सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए । 

बैठकमा केन्द्रीय सचिवालय प्रमुखद्वय ध्रुबबहादुर प्रधान, भाष्कर भद्रा, प्रदेश अध्यक्षहरु र समितका सदस्यहरुको सहभागिी थियो ।





  • प्रकाशित मिति : साउन १९, २०७८ मंगलबार १८:५४:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया