माधव नेपालले कलम चिह्न लिएर पार्टी खोल्न लागेको बाँस्कोटाको खुलासा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीनिकट नेता गोकुल बाँस्कोटाले माधव नेपाल समूहले नयाँ पार्टी खोल्न लागेको ठोकुवा गरेका छन् । 

मंगलबार बेलुकी सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन् । नयाँ पार्टी निर्माणका लागि बुधबार माधव समूहले भेला राखेको उनको दाबी छ । 

उनले लेखेका छन्, ‘क्वालिटीमा भोलि माधव कमरेडले एमालेलाई रातो बत्ती देखाएर कलम पार्टी घोषणा गरी माओवादी पार्टीमा जाने ढोका खोल्ने र अन्ततः भाइ कांग्रेस भई नयाँ अग्रगामी इतिहास रच्ने लास्ट प्रयास गर्ने।’

 





  • प्रकाशित मिति : साउन १९, २०७८ मंगलबार २१:२८:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया