अल्लु अर्जुनको चलचित्र‘पुष्पा’ क्रिसमसमा रिलिज हुने

साउथ इन्डियन स्टार अल्लु अर्जुनको निकै प्रतिक्षित चलचित्र‘पुष्पा’ को रिलिज डेट सार्वजनिक भएको छ । 

अल्लु अर्जुनले सामाजिक सञ्जालमा पोस्ट गर्दै रिलिज डेट सार्वजनिक गरेका हुन्।

चलचित्रको पहिलो भाग क्रिसमसको अवसरमा रिलिज हुनेछ । चलचित्र हिन्दी भाषासहित पाँच भाषामा रिलिज हुने बताइएको छ । बक्स अफिसमा पुष्पाले अमिर खान अभिनित चलचित्र ‘लालसिंह चड्डा’सँग प्रतिस्पर्धा गर्नेछ । 

चलचित्रमा अल्लु अर्जुनबाहेक रश्मिका मंदाना, फहद फासिल, सुनिल, प्रकाश राज, दिपक शेट्टी लगायतका कलाकारको पनि अभिनय रहेको छ । 

सुकुमारले निर्देशन गरेकाे चलचित्र एक्सनले भरिपूर्ण रहेको छ । चलचित्रको दोस्रो भाग भने सन् २०२२ मा रिलिज हुनेछ ।

 





  • प्रकाशित मिति : साउन २०, २०७८ बुधबार ९:२९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया