पारसको कमी महसुस हुनेछ : वाटमोर

नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान तथा अलराउन्डर पारस खड्काले मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्।  नेपाली क्रिकेट टोलीका सफल खेलाडी पारसले आफ्नो १९ वर्षे अन्तर्राष्ट्रिय करियरबाट विश्राम लिने घोषणा सामाजिक सञ्जालबाट गरेका हुन्। 

पारसले सन्यास लिने घाेषणापछि विभिन्न खेलाडी, कलाकार तथा समर्थकहरूले उनको बारेमा आफ्ना-आफ्ना प्रतिक्रिया दिएका छन् । यसै क्रममा राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक डेभ वाटमोरले पनि पारस खड्कालाई मैदानमा खुब याद गरिने बताएका छन् ।

उनले बिडी क्रिकटाइम डटकमसँगको कुराकानी उक्त कुरा बताएका हुन् । ‘निकै दुःखका साथ पारसको कमी महसुस हुनेछ । यस्तो होला भनेर हामी धेरैले सोचेका थिएनौँ’, उनले भने । 

सन् २००४ देखि राष्ट्रिय टोलीमा आबद्ध पारसले २००९ देखि २०१९ सम्म नेपाली टोलीकाे कप्तानी सम्हालेका थिए । 
 





  • प्रकाशित मिति : साउन २०, २०७८ बुधबार ११:३१:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया