प्रहरी तालिम केन्द्र पनौती सार्ने निर्णय सच्याउन माग गर्दै प्रधानमन्त्रीलाई १४ पूर्वआइजिपीकाे ज्ञापनपत्र

महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान सार्ने अघिल्लो सरकारको निर्णय सच्याउन नेपाल प्रहरीका १४ जना पूर्वमहानिरीक्षक (आइजिपी)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।
 
बुधबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास पुगेर उनीहरुले यस्तो आग्रह गरेका हुन् । केपी ओली नेतृत्वको सरकारले गरेको सो निर्णय सच्याउन माग गर्दै उनीहरुले प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाएका छन् । 

पूर्वप्रहरी महानिरीक्षकहरू दुर्लभकुमार थापा, मोतीलाल बोहरा, अच्युतकृष्ण खरेल, ध्रुवबहादुर प्रधान, प्रदीपशमशेर राणा, श्यामभक्त थापा, ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेशचन्द ठकुरी, रवीन्द्रप्रताप शाह, कुवेरसिंह राना, उपेन्द्रकान्त अर्याल, प्रकाश अर्याल र ठाकुरप्रसाद ज्ञवाली बालुवाटार पुगेर प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् । 

तत्कालीन सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीका लागि हेलिप्याड बनाउने ठाउँ अभाव भएको र एकेडेमीमा हुने तालिमले राष्ट्रपतिलाई असहज भएको भन्दै २१ भदौ ०७५ मा प्रशिक्षण प्रतिष्ठान पनौती सार्ने निर्णय गरेको थियो ।





  • प्रकाशित मिति : साउन २०, २०७८ बुधबार १९:४३:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया