टोकियो ओलम्पिक : ७० पदकसहित चीन पहिलो, ७९ पदक जितेको अमेरिका दोस्रो

जापानको टोकियोमा जारी ३२औँ गृष्मकालीन ओलम्पिकमा चीनको अग्रता कायमै छ ।  बिहीबार बिहानसम्मको विवरण अनुसार ३२ स्वर्ण पदकसहित चीन पदक तालिकाको शीर्ष स्थानमा छ ।

चीनले २२ रजत र १६ कास्य गरी कुल ७० पदक जितेको छ । 

कुल पदक ७९ जितेको अमेरिका दोस्रो स्थानमा छ । अमेरिकाको स्वर्ण पदकको संख्या २५ छ । अमेरिकाले ३१ रजत र २३ कास्य पदक जितेको छ । 

२१ स्वर्ण पदकका साथ आयोजक जापान तेस्रो स्थानमा छ । ७ रजत र १२ कास्य गरी जापानले जितेको कुल पदक ४० छ । 

१५ स्वर्ण र कुल पदक ४८ रहेको बेलायत चौथो र १५ स्वर्ण र जम्मा ३६ पदक रहेको अस्ट्रेलिया पाचौँ स्थानमा छन् । 

१४ स्वर्णसहित कुल ५३ पदक जितेको रुस छैटौँ स्थानमा छ । 





  • प्रकाशित मिति : साउन २१, २०७८ बिहीबार ८:४७:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया