लुम्बिनी प्रदेशः केही दिनअघि एमाले छु भनेकी प्रदेश सांसद विमला फेरि माओवादीमा
फाइल तस्वीर ।

लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वलीले आफू फेरि माओवादी केन्द्रमा सक्रिय हुने संकेत गरेकी छिन् । केही दिनअघि मात्र एक विज्ञप्ति जारी गर्दै उनले आफू एमालेमा रहेको जनाएकी थिइन् ।

पति उत्तरकुमार वलीको मृत्यु भएपछि उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी नेकपाबाट निर्वाचित वलीले कहिले एमाले कहिले माओवादी केन्द्र गरिरहेकी छिन् ।

२३ फागुनमा सर्वोच्च अदालतको फैसलासँगै दुई पार्टीमा विभाजित नेकपामा वलीको कहिले एमाले कहिले माओवादी गर्ने क्रममा कारण लुम्बिनी प्रदेश सरकार कहिले कमजोर कहिले केही बलियो देखिन थालेको छ ।

गत साता उनलाई एमालेले अपहरण गरेको आरोप माओवादी केन्द्रले लगाएको थियो । तर, उनी उपचारका लागि अस्पताल भर्ना भएको समाचार बाहिरियो । १९ साउनमा उनले एक विज्ञप्ति निकाल्दै आफू एमालेमा नै भएको जनाएकी थिइन् ।

तर, फेरि उनी माओवादीमा फर्किने भएकी छिन् । 

आफू माओवादी केन्द्रमा भएको जानकारी दिन वलीले आज दिउँसो पत्रकार सम्मेलन पनि गर्दैछिन् ।





  • प्रकाशित मिति : साउन २१, २०७८ बिहीबार १०:४४:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया