दाम्लोले बाँधेर युवा कुट्ने जाजरकोटका वडाध्यक्ष पक्राउ

युवालाई दाम्लोले बाँधेर कुटपिट गरेको आरोपमा जाजरकोट जुनचाँदे गाउँपालिका २ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन् । जाजरकोट प्रहरीले उनलाई आज विहान पक्राउ गरेको हो ।

१५ साउनमा नेपालीले स्थानीय सर्पे दमाइलाई डोरीले बाँधेर कुटपिट गरेका थिए ।

कुटपिट गरेपछि उनले बुधबार मात्र एउटा सहमति गरेका थिए । तर, उनलाई आज प्रहरीले पक्राउ गरेर सदरमुकाम खलंगा झिकाएको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटले दिएको जानकारीअनुसार उनलाई कानुन बमोजिम कारवाही गर्ने तयारी गरिएको छ । उनका साथसाथै कुटाइ खाएका युवालाई पनि सदरमुकाम बोलाइएको जाजरकोट प्रहरीले जानकारी दिएको छ ।

यसअघि फरकधारसँग यी वडाध्यक्षले कुरा गर्दै आफूलाई फसाइएको बताएका थिए । पढ्नुहोस्, उनका तर्क— 

युवकमाथि कुटपिट गर्ने वडाअध्यक्ष भन्छन्-‘मेरो भतिजो पर्छ, रक्सी खुवाएर धाँधली गर्न पठाएछन्’





  • प्रकाशित मिति : साउन २१, २०७८ बिहीबार ११:३०:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया